काठमाडौं । सभामुख देवराज घिमिरेलाई संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ छेडखानी छानबिनका लागि गठित संसदीय समितिले प्रतिवेदन बुझाएको छ । मंगलबार समितिका संयोजक जीवन परियारले सभामुखलाई प्रतिवेदन बुझाएका हुन्।
२९ दिन लामो सरोकारवालासँगको छलफलपश्चात समितिले प्रतिवेदन तयार गरेको हो। यो बीचमा समितिको ३७ वटा बैठक बसेको थियो । गत असार २३ गते संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।
समितिमा कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की थिए ।





Comment