नेपाल उड्डयन सेवामा ३७ वर्षे योगदान दिने क्याप्टेन शेरचन अवकाशमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नेपाल उड्डयन सेवामा ३७ वर्षे योगदान दिने क्याप्टेन शेरचन अवकाशमा



काठमााडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन रविन्द्र शेरचन सेवाबाट अवकाश हुँदैछन् । सन् १९८८ देखि पाइलट सेवामा प्रवेश गरेका शेरचन आफ्नो कार्यकाल पुरागरि विहीबारदेखि अवकास हुन लागेका हुन् ।

निगममा निरन्तर ३७ वर्ष योगदान दिएका शेरचनले मंगलबार मलेसियादेखि काठमाडौंसम्मको आफ्नो अन्तिम उडान भरेका छन् ।

उनले आफ्नो कार्यकाल अवधिमा निगममा २३,००० घण्टाको उडान गरिसकेका छन् । नेपालको उड्डयन क्षेत्रमा आफुले उल्लेखनीय योगदान गरेर अवकाश प्राप्त गर्न लागेकोमा आफू उत्साहित पनि भएको उनले बताएका छन् । मलेसिया–काठमाडौं उडान पश्चात निगमका कर्मचारी तथा को पाइलट सहितको टिमले उनलाई केक काटेर विदाइ तथा सम्मान गरेका छन् ।

प्रकाशित : 5 August, 2025 12:12 pm