सुनको मूल्यमा वृद्धि, तोलामा कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यमा वृद्धि, तोलामा कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले वृद्धि भएको हो।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्यमा समेत वृद्धि देखिएको छ। सोमबार तोलाको दुई हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी, मंगलबार २५ रुपैयाँले बढेर दुई हजार २८० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

प्रकाशित : 5 August, 2025 11:13 am