एनएमबि सरल बचत फण्ड–इ को लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एनएमबि सरल बचत फण्ड–इ को लाभांश घोषणा



काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इले आर्थिक वर्ष २०८१/८२ को लागि प्रतिफल घोषणा गरेको छ।कोषले आफ्ना इकाईधनीहरुलाई कर सहित ४.२७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

योजना व्यवस्थापक एनएमबि क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। सो बैठकले प्रतिफल वितरण प्रयोजनार्थ आज अर्थात साउन १६ गते बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। यस अनुसार साउन १५ गतेसम्म कायम इकाईधनीहरुले कोषको प्रतिफल प्राप्त गर्न सक्नेछन्।

एनएमबि सरल बचत फण्ड–इ एक खुलामुखि योजना हो। यस कारण यस योजनाको डिभिडेन्ड रि इन्भेष्टमेन्ट प्लानमा सहभागीता जनाउने इकाईधनीहरुको प्रतिफल रकम प्रचलित कानुन बमोजिम लागु हुने कर र इकाई खरिद गर्दा लाग्ने निर्धारित शुल्क कट्टी गरेपश्चातको खुद रकम बराबरको इकाई हितग्राही खातामा पठाइने व्यवस्था मिलाइने क्यापिटलले जनाएको छ।

प्रकाशित : 1 August, 2025 12:30 pm