राष्ट्रिय वाणिज्य बैंकको ७ प्रतिशत डिबेञ्चर २०८८ नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

राष्ट्रिय वाणिज्य बैंकको ७ प्रतिशत डिबेञ्चर २०८८ नेप्सेमा सूचीकृत



काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकको ७ प्रतिशत डिबेञ्चर २०८८ नेप्सेमा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्ज र राष्ट्रिय वाणिज्य बैंकबिच ७ वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको एक हजार रुपैयाँ अङ्कित मूल्य रहेको २५ लाख कित्ता ऋणपत्र सूचीकरण भएको हो ।

डिबेञ्चर सूचीकरणसम्बन्धी उक्त सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले हस्ताक्षर गरेका छन् ।

उक्त ऋणपत्रको दोस्रो बजारमा शुक्रबारदेखि कारोबार सुरु हुनेछ । सूचीकरणपश्चात् दिनुपर्ने शेयर रजिस्ट्रार सेवा आरबीबी मर्चेन्ट बैंकिङ्गबाट हुनेछ बैंकले जनाएको छ ।

प्रकाशित : 31 July, 2025 12:12 pm