आरम्भ चौतारी लघुवित्तको नाफामा उल्लेखनीय वृद्धि, खुद ब्याज आम्दानीमा ३१.८९ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आरम्भ चौतारी लघुवित्तको नाफामा उल्लेखनीय वृद्धि, खुद ब्याज आम्दानीमा ३१.८९ प्रतिशतले वृद्धि



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार लघुवित्तको खुद ब्याज आम्दानी र खुद नाफा दुवैमा उल्लेखनीय वृद्धि देखिएको छ।

संस्थाले समीक्षावधिमा ९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६ लाख ८० हजार रुपैयाँ खुद नाफाको तुलनामा १३,७६५.२९ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै, लघुवित्तको खुद ब्याज आम्दानी पनि यो अवधिमा उल्लेखनीय रूपले वृद्धि भएको छ। गत वर्षको तुलनामा ३१.८९ प्रतिशतले वृद्धि भई ३७ करोड २ लाख रुपैयाँ पुगेको छ। संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ४ करोड ५१ लाख रुपैयाँबाट बढेर ५ करोड ७२ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ४५ करोड ३८ लाख र सञ्चालन मुनाफा १३ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ५ करोड २१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवससम्म ४ करोड ९१ लाख रुपैयाँले ऋणात्मक रहेको संस्थाको रिटेन्ड अर्निङ ५ करोड २१ लाख रुपैयाँले धनात्मक बनेको छ। संस्थाको रिजर्भ १६ करोड ७४ लाखबाट घटेर १५ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

चौथो त्रैमाससम्ममा १ अर्ब ८९ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ५ अर्ब ३१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ। संस्थाको खराब कर्जा अनुपातमा घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ४.२१ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर २.१३ प्रतिशतमा झरेको छ । यस्तै संस्थाको इम्पेयरमेन्ट चार्ज २ करोड ३८ लाख रुपैयाँले रिभर्सल भएको छ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी९ईपीएस० २.७२ रुपैयाँ प्रतिसेयर नेटवर्थ १५६.१८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६७३.८० रुपैयाँ, मूल्य आम्दानी अनुपात ४२.२८ गुणा र तरलता अनुपात ३.०७ प्रतिशत कायम भएको छ ।

प्रकाशित : 30 July, 2025 2:20 pm