काठमाडौं । लक्ष्मी सनराइज बैंकद्वारा प्रवर्द्धित र लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित सनराइज ब्लुचिप फण्डले आर्थिक वर्ष २०८१/८२ का लागि इकाईधनीहरूलाई १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
साउन १२ गते बसेको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले सो लाभांश दर स्वीकृत गरेको हो।
सो निर्णयअनुसार लाभांश करसहित वितरण गर्ने जनाएको छ। सनराइज ब्लुचिप फण्ड, सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजनामध्ये एक हो।





Comment