रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै



काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि विशेष प्रस्ताव पारित गर्न आगामी भदौ ४ गते ललितपुरमा रहेको होटल हिमालयमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ ।

कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभाले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्ने र आईपीओबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित गरिने बताइएको छ ।

प्रकाशित : 28 July, 2025 2:23 pm