काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले जारी गरेको साढे २ अर्ब रुपैयाँबराबरको ऋणपत्र ‘एसबीएल डिबेञ्चर २०९१’ को बाँडफाँड सम्पन्न भएको छ। बैंकले असार २९ गतेदेखि ३२ गतेसम्म निष्काशनमा ल्याएको यो ऋणपत्र साउन ७ गते रितपूर्वक बाँडफाँड गरिएको हो।
कम्पनीले कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिएको थियो। सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको थियो।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।





Comment