आशा लघुवित्तमा रोजगारीको अवसर, सात पदमा कर्मचारी माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आशा लघुवित्तमा रोजगारीको अवसर, सात पदमा कर्मचारी माग



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। संस्थाले केन्द्रीय कार्यालय तथा देशभरका शाखा कार्यालयहरूमा आवश्यकताअनुसार जनशक्ति भर्ना गर्न सातवटा पदका लागि आवेदन खुला गरेको हो।

संस्थाले प्रकाशित सूचना अनुसार अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी आवश्यक परेका छन्।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित २०७८ साउन २१ गते भित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ। आवेदन सम्बन्धी विस्तृत विवरण र योग्यताका मापदण्ड संस्थाको वेबसाइट वा कार्यालयमा सम्पर्क गरेर प्राप्त गर्न सकिनेछ।

प्रकाशित : 23 July, 2025 12:57 pm