एनआइसी एशिया लघुवित्तको स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता अभियान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

अर्थबजार स्टोरी

एनआइसी एशिया लघुवित्तको स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता अभियान

काठमाडौँ । एनआई सी एशिया लघुवित्तले गत सोमबार स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको बराह क्षेत्र शाखाको आयोजना तथा एन्जल फाउन्डेशनको प्राविधिक सहयोगमा बराहक्षेत्र–२, सुनसरीको आदर्श माविमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा ८८ जना सदस्यको उपस्तिथिति रहेको थियो । कार्यक्रममा शाखा प्रमुख मनोज राई, जन प्रतिनिधि दीपक राई, एन्जल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत जय सिंह राजबंशीलगायतले हृदयघात, सर्पदंश, जलन, कुकुरको टोकाइ, पानीमा डुब्ने तथा करेन्ट लागेपछि गरिने प्राथमिक उपचारका सम्बन्धमा जानकारीमूलक प्रस्तुति दिएका थिए ।

त्यसैगरि पाइल्स, फिसर, फिस्टुला जस्ता रोगको रोकथाम तथा उपचारका विषयमा पनि जानकारी दिइएको थियो । साथै वित्तीय सचेतनाका विषयमा पनि कार्यक्रममा छलफल चलाइएको थियो ।

प्रकाशित : ६ श्रावण २०८२, मंगलबार २१:५३ 22 July, 2025 9:53 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।