नेपाल बैंक तेस्रो त्रैमासमा मुनाफा ५३ दशमलव १६ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बैंक तेस्रो त्रैमासमा मुनाफा ५३ दशमलव १६ प्रतिशतले वृद्धि



काठमाडौ, २७ वैशाख  । नेपाल बैंक लिमिटेडले चालु आव २०७३/७४ को तेस्रो त्रैमासमा मुनाफा ५३ दशमलव १६ प्रतिशतले वृद्धि गरी २ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ कमाएको छ । अघिल्लो बर्षको सोहि अवधिमा बैकले जम्मा १ अर्ब ६४ करोड २७ लाख रुपैंया मात्र कमाएको थियो ।

७ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा २ अर्ब ७६ करोड ४७ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा जम्मा १ दशमलव २१ प्रतिशतले वृद्धि गरी ८३ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ संकलन गरी कर्जामा ७४ अर्ब २० करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको तुलनाभन्दा २५ दशमलव ४२ प्रतिशतले वृद्धि हो ।

बैंकको खुद व्याज आम्दानी ४० दशमलव ११ प्रतिशतले बढेर ४ अर्ब ७ करोड ३४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ८० दशमलव १८ प्रतिशतले बढेर २ अर्ब २० करोड ६ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा खुद मुनाफामा पनि वृद्धि देखिएको हो । यस त्रैमासमा बैंकले जोखिम व्यवस्थापन कोषमा ३५ करोड १६ लाख रुपैयाँ छुट्याएको छ भने ३० करोड ४७ लाख रुपैयाँ खराब कर्जाबाट उठाएको छ ।

बैंक (NBL) को निस्क्रिय कर्जा शुन्य दशमलव ८२ प्रतिशतले घटेर २ दशमलब ८५ प्रतिशत रहेको छ भने पुँजीकोषको अनुपात ३ दशमलव ९७ प्रतिशतले बढेर १३ दशमलब ५२ प्रतिशत रहेको छ । बैंंकको प्रतिशेयर आम्दानी ४४ दशमलव ९७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९ दशमलव २३ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३७ दशमलव ०६ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ११ प्रतिशत रहेको छ ।

प्रकाशित : २७ बैशाख २०७४, बुधबार ०४:०८