एनपीएल बढ्दै, सजग हुनुपर्ने अवस्था आएको छ : गभर्नर पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनपीएल बढ्दै, सजग हुनुपर्ने अवस्था आएको छ : गभर्नर पौडेल



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा (एनपीएल) बढ्दै गएकाले तत्काल सावधानी अपनाउनुपर्ने बताएका छन् ।

२०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले खराब कर्जा, गैरबैंकिङ सम्पत्ति र कालोसूचीमा पर्नेको संख्या वृद्धि भएको जनाउँदै वित्तीय प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गरे ।

गभर्नर पौडेलका अनुसार गुणस्तरीय वित्तीय सेवा, उत्पादनमा लगानी प्रवाह र वित्तीय स्थायीत्वका लागि नीतिगत, संरचनात्मक र कार्यगत सुधार अनिवार्य भइसकेको छ ।

प्रकाशित : 11 July, 2025 1:00 pm