काठमाडौं । नवलपरासी जिल्लाको (बर्दघाट सूस्ता पश्चिम) मा बदर्घाट नगरपालिका ४ अन्र्तगत पर्ने दाउन्ने जंगलको खुर्सानी खोला स्थीत पूर्वपश्चम राजमार्गमा सड्क भासिदा नारायणघाट-बुटवल सडक खण्ड बन्द पुर्ण रुपमा बन्द भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिीमका सुचना अधिकारी डिएसपी बिरदत्त पन्तका अनुसार मंगलबार राती देखी आएको वर्षातका कारण बिहान करीब ५ः५५ बजेको समयमा ३४ फिट जति बाटो भासिएपछि बाटो दुई तर्फिनै बन्द हो ।
उक्त सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु १ क ५८२७ नंबरको ट्रक सडक बिचमा फसेको थियो । अहिले ट्रकलाई निकालेर सुरक्षित स्थानमा पठाइसकिएको छ भने बाटो मर्मत गर्ने काम सुरु हुँदै छ,ᅳ उनले भने,दुबै तर्फ गाडिको लामो जाम भएका कारण सवारी व्यवस्थापनमा समस्या भइरहेको छ ।
पानी पर्ने क्रम नरोकिएकाले त्यस क्षेत्र हुँदै चल्ने सवारी साधनलाई बैकल्पीक बाटो प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।





Comment