नेपाल एसबिआई बैंकको ३२ औं बार्षिकोत्सव सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल एसबिआई बैंकको ३२ औं बार्षिकोत्सव सम्पन्न



काठमाडौं । नेपाल एसबिआई बैंक लि (NBSL) ले मा बैंकको घद्द औं बार्षिकोत्सव मनाएको छ। यस अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहां बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत राम कूमार तिवारीले बैंकको उपलब्धिको बारेमा प्रकाश पारेका थिए । साथै, उहांले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नूपर्नेमा पनि जोड दिएका हुन ।

त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पू-याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै यसरी नै योगदानको निरन्तरताका लागी आग्रह गरे । प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडाले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।

उक्त अवसरमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सोही दिन काठमाडौंको कमलादी स्थित कर्पोरेट कार्यालय सहित सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको ५ । साथै, फरक रुपले सक्षम भएका व्यक्तिहरूलाई रूपन्देहीको भैरहवामा ह्वीलचेयर वितरण कार्यक्रम पनि आयोजना गरेको थियो ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हालै सञ्चालनमा आएको बेलबारी शाखा, मोरङ सहित १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित : 8 July, 2025 2:13 pm