ग्लोबल आइएमईको १०७ औं एटिएम नयाँ बानेश्वरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आइएमईको १०७ औं एटिएम नयाँ बानेश्वरमा



काठमाडौं २४ बैशाख । ग्लोबल आइएमई बैंकले नयाँ बानेश्वरमा नयाँ एटिएम सेवा थप गरेको छ । नयाँ बानेश्वर क्षेत्रका ग्राहकलाई लक्षित गरी बैंकले एटिएम लङ्गमा एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १०७ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ९४ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउन्टर, १०७ वटा एटिएम, ४४ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना छ लाखभन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २४ बैशाख २०७४, आईतवार १२:२१