सेरेसले नेपालभर सुरु गर्यो मनसुन एक्सचेन्ज क्याम्प, उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

सेरेसले नेपालभर सुरु गर्यो मनसुन एक्सचेन्ज क्याम्प, उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाण्डौ । सेरेस नेपालले असार १२ गतेदखि सुरु भएर १८ गतेसम्म सञ्चालन हुने “मनसुन एक्सचेन्ज क्याम्प”को आधिकारिक सुरुवात गरेको छ, जस अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू उच्चतम मूल्यमा एक्सचेन्ज गर्दै सेरेस३मा अपग्रेड गर्ने सुनौलो अवसर पाउनेछन्। यो क्याम्प ग्राहकलाई दिगो र भविष्य मैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार गरिएको हो।

यस लिमिटेड(टाइम इनिसियटिभको क्रममा सेरेसले ग्राहकहरू लाई उनीहरूसँग हाल रहेको सवारी साधनको लागि इन्डस्ट्रीकै बेस्ट मूल्य प्राप्त गर्ने सुनिश्चितताका लागि धेरै फाइदाहरू प्रदान गर्दैछ। योसँगै क्याम्पेनमा आकर्षक एक्सचेन्ज बोनस, अटोप्लसबीमा, प्रिमियम एक्सेसरिज र विशेष नगद छुट लगायतका अफरहरू समावेशछन्जुन सबै सेरेस ईभीमा ट्रान्जिसनलाई अझ फाइदाजनक र पहुँच योग्य बनाउनका लागि डिजाइन गरिएको हो।

आफ्नो आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र भरपर्दो पर्फर्मेन्सका लागि परिचित सेरेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवैस्तरमा आफ्नो क्षमता लगातार प्रमाणित गरिरहेको छ। नेपालमा यसको क्भ्च्भ्क् घ मोडलले आफ्नो शक्ती र इन्जिनियरिंग उत्कृष्टताको सशक्त उदाहरण पेश गर्दै ४,४६० मिटरउचाइको कठिन कोरलानाका पारगरेर इतिहास बनाएको छ। अन्तर्राष्ट्रिय रूपमा पनि यो मोडलले इन्डोनेसियाको “२०२५ पेरिक्लिन्डोइलेक्ट्रिक भेइकलशो ९एभ्ख्क्०” मा तीन वटा “बेस्टईभी” अवार्ड जितेर आफूलाई त्यसक्षेत्रकै अग्रणीईभीको रूपमा पुनस् प्रमाणित गरेको छ। सेरेसचीनका नाफा कमाइरहेका गाडी निर्माता कम्पनीहरू मध्ये एकहो। यी सफलता सँगै, सेरेसले नेपालको बढ्दोईभी बजारमा अन्तर्राष्ट्रिय भरोसा र दीर्घकालीन विश्वासपनि सँगै लिएर आएको छ।

यो योजना नेपालभरका सबैआधिकारिकसेरेस शोरूमहरूमा असार १२ गतेदेखि १८ गते सम्म उपलब्ध हुनेछ। ग्राहकहरूलाई नजिकको शो रूममा गएर यो अफरको फाइदा लिन र इलेक्ट्रिक गाडीको प्रत्यक्ष अनुभव गर्न आग्रह गरिन्छ।

प्रकाशित : १३ असार २०८२, शुक्रबार १७:४६ 27 June, 2025 5:46 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।