काठमाडौं । सुनको मुल्य शुक्रबार तोलामा २९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले घटेर एक लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ।
यसअघि, बिहीबार छापावाल सुनको मुल्य प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँ रहेको थियो। यता, आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेर २१ सय ६५ रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला २१ सय ७५ रुपैयाँ रहेको थियो।





Comment