एनएमबि लघुवित्तले सेयर संरचना परिवर्तन गर्दै, डाक्यो वार्षिक साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएमबि लघुवित्तले सेयर संरचना परिवर्तन गर्दै, डाक्यो वार्षिक साधारण सभा



काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार ३२ गते, बुधबार १२औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले पोखरास्थित होटल सिटी स्क्वायरमा बिहान ९ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा संस्थापक समूहको सेयर स्वामित्वमा हेरफेर गरी ५१ प्रतिशत कायम गर्ने र सर्वसाधारण तर्फको सेयर स्वामित्व ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव छ । त्यसैगरी, अन्य लघुवित्तसँग गाभ्नेरगाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने, नियमनकारी निकायबाट प्राप्त निर्देशनअनुसार आवश्यक संशोधन गर्न पनि सञ्चालक समितिलाई पूर्ण अधिकार दिने लगाएतका विशेष प्रस्तावहरू रहेका छन् ।

यसका साथै सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा(नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गरिनेछ। साथै, चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यस अनुसार असार २३ गतेसम्म सेयर कारोबार गरी कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन्।

प्रकाशित : 25 June, 2025 11:58 am