काठमाडौं । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्यमा १५ सय रुपैयाँले गिरावट आएको हो।
यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज २० रुपैयाँले घट्दै प्रतितोला दुई हजार १४० रुपैयाँ कायम भएको छ ।





Comment