नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा रहेको नयाँ स्वरुममार्फत अफरसहितको सेवा सुरु गरेको छ । मंगलबार नयाँ स्वरुम उद्घाटन गर्दै एलएस अटोमा अफर स्वरुप कम्र्फट एडिसन मोडलको ६४ लाख ९५ हजार र स्टयान्डर्ड एडिसन मोडलको मूल्य ५९ लाख ९५ रुपैंयाँ मूल्य राखिएको एलएस अटोका म्यानेजर नविन फुयालले जानकारी दिए ।

उनले अव आउने नाइमा अटो शोमा दुईवटा मोडलहरु एलइभी ०५ र एलईभी एक्स लन्च गर्ने तयारीमा रहेको बताए । ति दुई गाडीको मूल्य अटो शो मै सार्वजनिक गरिने उनले जानकारी दिए।

उनले देशव्यापी रूपमा चार्जिङ स्टेशन समेत विस्तार गर्ने योजना बनाएको कम्पनीले काठमाडौै तीनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडि संचालनमा ल्याएको जानकारी दिए । उनले काठमाडौैको कालोपुलमा सर्भिस सेन्टरको समेत स्थापना गरिसकेको बताए ।

प्रकाशित : १० असार २०८२, मंगलबार १७:२३ 24 June, 2025 5:23 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।