सांग्रिला डभलपमेन्ट बैंकद्वारा स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

अर्थबजार स्टोरी

सांग्रिला डभलपमेन्ट बैंकद्वारा स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको छ।

स्याङ गाउँमा आयोजित कार्यक्रममा बैंकको जोमसोम शाखाका प्रबन्धक टासी थकालीले स्वास्थ्य केन्द्रकी अनमी आशमाया परियार तथा वडा सदस्य वीरप्रसाद थकालीलाई अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेका हुन्।

कार्यक्रममा शाखा प्रबन्धक थकालीले सांग्रिला बैंकले हरेक वर्ष विभिन्न संघसंथा र विद्यालयमा स्वास्थ्य तथा शैक्षिक सामग्री र छात्रवृत्ति वितरण गर्दै आएको जानकारी दिए।

उनले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

स्वास्थ्य केन्द्रकी अनमी परियारले दम, निमोनियालगायतका श्वासप्रश्वाससम्बन्धी रोगको उपचारमा अक्सिजन कन्सेन्ट्रेटर प्रभावकारी हुने बताइन्। अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेकोमा उनले बैंकप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिन्।

सांग्रिला डभेलपमेन्ट बैंकले देशभर १०९ शाखा र ३० एटीएममार्फत सेवा दिँदै आएको छ।

प्रकाशित : ८ असार २०८२, आइतबार २१:१७ 22 June, 2025 9:17 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।