काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक २३.१९ अंक बढेर २६५३.०९ विन्दुमा पुगेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.४४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक बढेको छ।
नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन आइतबार नौं अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ३२४ कम्पनीको आठ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँबराबरको एक करोड ७५ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर कम्पनी र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, बुटवल पावर कम्पनी र माया खोला हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ६१ करोड २६ लाख ७१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, युनिभर्सल पावर कम्पनीको करिब साढे ५४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम ५१ करोड नाघेको छ।





Comment