नेप्से परिसूचक ११.०६ अंकले बढ्याे, नौं अर्ब १३ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक ११.०६ अंकले बढ्याे, नौं अर्ब १३ करोडकाे काराेबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ११.०६ अंक घटेर २६२९.८९ विन्दुमा झरेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन बिहीबार सात अर्ब ९७ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१३ कम्पनीको नौं अर्ब १३ करोड ७४ लाख १४ हजार रुपैयाँबराबरको एक करोड ९९ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज रिभर फल्स पावर र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, चिलिमे हाइड्रोपावर कम्पनी र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य पनि उच्च अंकले बढेको छ। कारोबारमा आएको ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य भने आज सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७२ करोड ९५ लाख १४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, युनिभर्सल पावर कम्पनीको ६२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको आज साढे ६१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

प्रकाशित : 8 June, 2025 3:38 pm