काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य सामान्य बढेको छ भने चाँदी स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापावाल सुन एक लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मुल्य एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य स्थिर रहेको छ। यससँगै चाँदी आज तोलामा दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा चाँदी दुई हजार ७५ रुपैयाँ कायम भएको थियो।





Comment