किरण पण्डित नेपाल राष्ट्र बैंकका नयाँ प्रवक्ता नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

किरण पण्डित नेपाल राष्ट्र बैंकका नयाँ प्रवक्ता नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक किरण पण्डितलाई दिइएको छ। जेठ २१ गतेदेखि लागू हुने गरी उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।

हाल पण्डित राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा कार्यरत छन्। उनले २०६२ सालमा राष्ट्र बैंकमा प्रवेश गरेका थिए। पण्डितले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, तथा वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखालगायत विभिन्न विभागमा काम गर्ने अनुभव सँगालेका छन्।

यसअगाडि प्रवक्ताको भूमिकामा रहेका रामु पौडेल हाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत छन्।

प्रकाशित : 4 June, 2025 5:37 pm