सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढयो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढयो



काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमवार सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँमा भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला २ हजार ४५ रुपैयाँ थियो ।

प्रकाशित : 4 June, 2025 11:22 am