काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढीरहेको अवस्थामा मंगलबार तोलामै दुई हजार ९०० रुपैंयाले बढोत्तरी भएको हो।
आज चाँदीको मूल्य पनि उल्लेख्य बढेको छ। आज चाँदी प्रतीतोला ५५ रुपैयाँले बढेको हो। आज चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतीतोला एक हजार ९९० रुपैयाँ खरिदबिक्री भएको थियो।





Comment