नेप्सेमा सामान्य वृद्धि, ९ अर्बभन्दा बढीको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा सामान्य वृद्धि, ९ अर्बभन्दा बढीको कारोबार



काठमाडौं । आजको शेयर बजारमा नेप्से परिसूचक सामान्य रूपमा २.७७ अंकले वृद्धि भई २६९५.६६ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०५ अंक र सेन्सेटिभ इण्डेक्स ०.२२ अंक घटेको छ।

कारोबार अवधिमा ११५ कम्पनीको शे.यर मूल्य बढ्दा १३३ कम्पनीको घटेको छ। आज कुल ३१४ कम्पनीको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता शेयर किनबेच भएका छन्। कुल कारोबार रकम ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँ पुगेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको ८७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। राधि विद्युत कम्पनीको ६५ करोड २ लाख रुपैयाँ र युनिभर्सल पावरको ५४ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ।

मुनाफा आर्जन गर्ने लगानीकर्ताको सूचीमा ओम मेगाश्री र पियोर इनर्जी अग्रस्थानमा छन्। यता, सबैभन्दा धेरै घाटा व्यहोर्नुपर्ने कम्पनी भुगोल इनर्जी रहेको छ।

प्रकाशित : 2 June, 2025 3:33 pm