सार्वजनिक बिदा परेपछि ट्रेड टावरको आईपीओमा आवेदन दिने समय अवधि लम्बियाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सार्वजनिक बिदा परेपछि ट्रेड टावरको आईपीओमा आवेदन दिने समय अवधि लम्बियाे



काठमाडौँ । ट्रेड टावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) निष्कासनमा आवेदन दिने समय थप गरिएको छ। कम्पनीले आम सर्वसाधारणका लागि गत जेठ १४ गतेदेखि आईपीओ खुला गरेको थियो भने अब आवेदन दिने समय जेठ २० गतेसम्म लम्ब्याइएको छ।

यसअघि आज (जेठ १९) आवेदन दिने अन्तिम दिन तोकिएको थियो। तर, आज आइतबार भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा परेकाले समय थप गरिएको हो। ट्रेड टावर लिमिटेडले कुल ३२ लाख ९६ हजार ५०५.१९ कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन गरिरहेको छ। यसअन्तर्गत कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो।

त्यसमध्ये, १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९‍.३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि वैशाख ८ गतेदेखि २२ गतेसम्म छुट्याइएको थियो। ५ प्रतिशत अर्थात १ लाख ९८ हजार ५८४६४ कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात ७९ हजार ४३३.८६ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको थियो। बाँकी रहेको सेयर आम सर्वसाधारणका लागि खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयहरूमार्फत वा मेरो सेयर मार्फत गर्न सकिन्छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका एलएस क्यापिटल लिमिटेडकाे रहेकाे छ।

प्रकाशित : 2 June, 2025 12:21 pm