सुन चाँदीको मुल्य बढ्याे, कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुन चाँदीको मुल्य बढ्याे, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुन चाँदीको मुल्य सोमबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन एक लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मुल्य एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य तोलामा पाँच रुपैयाँले बढेर एक हजार ९९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा चाँदी एक हजार ९८५ रुपैयाँ कायम भएको थियो।

प्रकाशित : 2 June, 2025 11:04 am