काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदी घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा सात सय रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापावाल सुन एक लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मुल्य तोलामा एक लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मुल्य भने १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १९ सय ८० रुपैयाँमा कायम भएको छ । हिजो चाँदी तोलाको १९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।





Comment