काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट १ अर्ब रुपैयाँसम्मको ऋणपत्र निष्कासनका लागि अनुमति पाएको छ। बैंकले कुल १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बजारमा ल्याउने तयारी गरेको छ।
उक्त ऋणपत्रको अंकित मूल्य प्रति इकाइ १ हजार रुपैयाँ रहनेछ। यसअनुसार कुल १० लाख इकाइ ऋणपत्र बिक्री गरिनेछ।बिक्री हुने इकाइहरूमध्ये ६ लाख इकाइ संस्थागत तथा व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी ४ लाख इकाइ सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिनेछ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ल्याउने यो ऋणपत्रको अवधि १० वर्षको हुनेछ। यसमा लगानीकर्ताहरूले वार्षिक ८ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। बैंकले ऋणपत्र निष्कासनका लागि अब छिट्टै प्रक्रिया अघि बढाउने जनाएको छ।





Comment