सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घट्यो



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको छ । आइतबार सुन प्रतितोला एक लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । आइतबार झै आज चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 26 May, 2025 11:58 am