काठमाडौं । गुणस्तरको मामलामा कहिल्यै सम्झौता नगर्ने अडानका साथ नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान ओगट्न सफल शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘नो कम्प्रोमाइज’ को दोस्रो संस्करण सार्वजनिक गरेको छ।
‘नो कम्प्रोमाइज’ को बाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सँधै ठाडो हुन्छ’ भन्ने जनचेतनामूलक सन्देशसहित प्रस्तुत गरिएको यो नयाँ सिरिजले कम्पनीको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।
शिवम् सिमेन्टले स्थापना कालदेखि नै ओ.पी.सी. सिमेन्ट मात्र उत्पादन तथा वितरण गर्दै आएको छ र निरन्तर रूपमा उच्च गुणस्तर सुनिश्चित गर्दै आएको छ। यसै नीतिका कारण ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’ जस्ता नाराहरूले ब्राण्डको पहिचान बलियो बनाएका छन्। गुणस्तरकै कारण शिवम् सिमेन्ट सिमेन्ट उद्योगमै पहिलो पटक ‘उत्कृष्ट ब्राण्ड’ प्रथम पुरस्कारबाट समेत सम्मानित भएको थियो।
हालै सार्वजनिक गरिएको क्याम्पेन टिजरले चलचित्रको ट्रेलरझैं सिनेम्याटिक अनुभव दिँदै दर्शकहरूमा ठूलो कौतुहलता जगाएको थियो। त्यसको पछिल्लो कड़ीस्वरूप सार्वजनिक गरिएको पहिलो विज्ञापन भिडियोमा एक ट्राफिक प्रहरीले आफ्नो कर्तव्यमा कुनै सम्झौता नगरेको दृश्यमार्फत शिवम् सिमेन्टको गुणस्तरीय सोचलाई प्रस्तुत गरिएको छ।
शिवम् सिमेन्टका प्रतिनिधिका अनुसार यो क्याम्पेन अन्तर्गत विभिन्न सामाजिक सन्दर्भ र परिस्थितिमा आधारित थप विज्ञापन सामग्रीहरू तयार भइसकेका छन्, जुन क्रमशः सार्वजनिक गरिँदै जाने छन्।
यसअघि सञ्चालन गरिएको पहिलो संस्करणको क्याम्पेन पनि अत्यन्तै लोकप्रिय बनेको थियो। प्रचारप्रसार मात्र नभई, सामाजिक सन्देशहरू प्रस्तुत गर्ने शैली शिवम् सिमेन्टको विशेषता बन्दै गएको छ। ‘अधिकार, कर्तव्य, अस्तित्व, लक्ष्य तथा सिद्धान्तको मामलामा सम्झौता गर्नु हुदैन’ भन्ने सशक्त सन्देश दर्शकहरूमाझ प्रभावशाली ढंगले प्रस्तुत गरिएको छ।









Comment