काठमाडौं। आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। गत शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज चाँदीको मूल्य भने स्थिर भएको छ। चाँदी शुक्रबार कायम मूल्यलाई नै आधार मानेर आज प्रतीतोला दुई हजार ५ रुपैयाँ खरिदबिक्री भइरहेको छ।





Comment