यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)



काठमाडौं । नेपालमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.३९ प्रतिशतमा सीमित रहँदा आयात तथा निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ। राष्ट्र बैंकको नौ महिनाको तथ्याङ्क अनुसार आयात १२.२ प्रतिशतले र निर्यात ६५.२ प्रतिशतले बढेको छ, जसले व्यापार सन्तुलन सुधारतर्फ सकारात्मक संकेत दिएको छ।

यस्तै, वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण आप्रवाहमा पनि वृद्धि देखिएको छ। नेपाली रुपैयाँमा १० प्रतिशत र अमेरिकी डलरमा ७.३ प्रतिशतले विप्रेषण आप्रवाह वृद्धि भएको छ। शोधनान्तर स्थिति सुदृढ हुँदै गएको छ, जुन ३४६ अर्ब २३ करोडले बचतमा रहेको छ।

नेपालको कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ६३ करोड पुगेको छ, जसले आयात कभरेज क्षमतामा स्थायित्व देखाएको छ। यसबीच नेपाल सरकारको कुल खर्च ९९८ अर्ब ५२ करोड पुगेको छ भने राजस्व संकलन ८३१ अर्ब ४० करोडमा सीमित देखिएको छ।

विस्तृत मुद्राप्रदाय ६.२ प्रतिशतले वृद्धि भएको छ भने वार्षिक बिन्दुगत आधारमा यो वृद्धि ११.६ प्रतिशत पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ५.७ प्रतिशत र निजी क्षेत्रलाई प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ। त्यस्तै, वार्षिक बिन्दुगत निक्षेप वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रको कर्जा वृद्धिदर ८.३ प्रतिशत रहेको छ।

प्रकाशित : 11 May, 2025 6:09 pm