बैंकहरुको मुद्दति निक्षेपमा तीन अर्ब ८४ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

अर्थबजार स्टोरी

बैंकहरुको मुद्दति निक्षेपमा तीन अर्ब ८४ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा तीन अर्ब ८४ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ। राष्ट्र बैंकको विभिन्न कोषमा रहेको साे रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

केन्द्रीय बैंकले कुल रकममध्ये तीन अर्ब सात करोड ५२ लाख रुपैयाँ वाणिज्य बैंकमा, ५७ करोड ६५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी १९ करोड २१ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाले २०८२ वैशाख १७ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। यो मुद्दति निक्षेप सन् २०२५ मे १७ देखि सन् २०२६ मे १७ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : १५ बैशाख २०८२, सोमबार १४:४८ 28 April, 2025 2:48 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।