काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ । वित्तिय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६९.३४ प्रतिशत बढी हो।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले पाँच करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन नाफा गत आर्थिक वर्षको सोही अवधिसम्ममा एक करोड १३ लाख रुपैयाँ कमाएको थियो।
कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ । जसले गर्दा कम्पनीको नाफामा वृद्धि भएकाको हाो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५३.०७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २१.७९ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४३.०५ प्रतिशत र सञ्चालन मुनाफा ३६९.७६ प्रतिशत बढेको छ। चैत मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा एक करोड ११ लाख रुपैयाँ रहेको छ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १७ रुपैयाँ ५५ पैसा बढेर २२ रुपैयाँ ३० पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा, मूल्य आम्दानी अनुपात ४३.०५ गुणा र प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ४८ पैसा रहेको छ।
३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले चार अर्ब ४६ करोड ७१ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट चार अर्ब ८७ करोड १५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।





Comment