लक्ष्मी क्यापिटलले खोल्यो नेपालगञ्ज र बनेपामा शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लक्ष्मी क्यापिटलले खोल्यो नेपालगञ्ज र बनेपामा शाखा



काठमाडौं बैशाख १५ । लक्ष्मी क्यापिटल मार्केटले नेपालगञ्ज र बनेपामा शाखा स्थापना गरेको छ। राजधानी बाहिर शाखा खोल्ने आफु पहिलो मर्चन्ट बैंकर बनेको समेत कम्पनीले जनाएको छ। उपत्यका बाहिर शेयर बजारप्रति चासो बढ्दै जाँदा स्थानिय स्तरमा नै सेवा दिन शाखा खोलेको कम्पनीको भनाइ छ।
पछिल्लो समय नेपालगञ्जमा दुई र बनेपामा चार शेयर ब्रोकरले शाखा बिस्तार गरेसँगै नयाँ सम्भावना देखेर लक्ष्मी क्यापिटल ती स्थानमा गएको हो। लक्ष्मी बैंकको सब्सिडरी कम्पनीको रुपमा रहेको क्यापिटलले एउटा सामुहिक लगानी कोष सञ्चालनमा ल्याएको छ। छिटै दोस्रो कोष सञ्चालनका लागि सार्वजनिक निस्कासनको तयारी गरेको समेत कम्पनीले जनाएको छ।

प्रकाशित : १५ बैशाख २०७४, शुक्रबार ०७:४७