काठमाडौं । नेपाली बजारमा मंगलबार सुन चाँदीको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ११ सय रुपैयाँले बढेको हाे ।
यससँगै आज छापावाल सुन एक लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन एक लाख ७४ हजार १ सय रुपैयाँमामा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।
आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी प्रतिताेला दुइ हजार ५० रुपैयाँमा कायम भएको छ। हिजो चाँदीको मुलय प्रतितोला दुइ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।
Comment