बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल



काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेललाई नियुक्त गरेको छ।अर्थमन्त्रीस्तरीय निर्णयबाट पोखरेललाई प्राधिकरणको महिला सञ्चालकमा नियुक्त गरिएको हो।

उनको नियुक्ति चैत १ गतेदेखि लागू भएको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ। बीमा ऐन, २०७९ मार्फत प्राधिकरण सञ्चालक समितिमा महिला सदस्य हुनुपर्ने प्रावधान ल्याइएको थियो। सोही प्रावधानबमोजिम पोखरेललाई अर्थमन्त्री विष्णु पौडेलले महिला सञ्चालकमा नियुक्त गरेका हुन्।

पोखरेल विशाल बजार कम्पनीको सञ्चालक पनि हुन्। उनी शेयर बजारमा लगानीकर्तामाझ निकै परिचित छिन्।

प्रकाशित : ३० फाल्गुन २०८१, शुक्रबार १८:३८