काठमाडौं । कोष प्रवद्र्धकमा माछापुच्छ्रे बैंक र योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको सामूहिक लगानी कोष ‘एमबीएल इक्विटी फण्ड’ मा आजदेखि आवेदन खुलेको छ ।
फण्डले १२ करोड इकाई मध्ये १ करोड २० लाख इकाई अर्थात १ अर्ब २० करोड रुपैयाँको १२ वर्षे योजनाको बन्दमुखी योजनाका लागि बिक्री खुल्ला गरेको हो ।
अंकित मूल्य १० रुपैयाँ बराबरको यस फन्डमा आजदेखि अनलाईन प्रणाली मेरोे सेयर मार्फत आवेदन दिन सकिने छ । यसका लागि न्यूनतम १ सय कित्ता तथा अधिक १ करोड २० लाख कित्ता आवेदन दिन सकिने छ ।
आिवेदन छटोमा आगामी फागुन २६ र ढिलोमा चैत ७ भित्र दिइसक्नुपर्ने छ । बन्दमुखी यस योजना दोस्रो बजारमा सूचीकृत भइ करोबारमा आउनेछ ।
Comment