बीमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवालले पाए सफाइ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवालले पाए सफाइ



काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ। आइतबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीश रितेन्द्र थापा तथा विदुर कोइरालाको इजलासले सिलवाललाई सफाइ दिएको हो।

मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध नागरिकतामा जन्म मिति पटक–पटक संशोधन र राहदानीमा जालझेल गरेको अभियोगमा आरोपपत्र दायर गरेको थियो।

अख्तियारले अभियोग दायर गरेपछि सिलवाललाई बीमा प्राधिकरणको अध्यक्षबाट निलम्बित गरिएको थियो।

प्रकाशित : 2 March, 2025 5:57 pm