नेप्सेको सीईओका लागि दरखास्त आवेदन पेश गर्ने समय सिमा थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेको सीईओका लागि दरखास्त आवेदन पेश गर्ने समय सिमा थप



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आवेदन पेश गर्ने समयसिमा थपिएको छ। निप्सेमा सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै आवेदन दिने म्याद ७ दिन थप गरिएको जानकारी गराएको हो।

अब इच्छुक उम्मेदवारले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन्। नेप्सेको सीईओ पदमा नियुक्तीका लागि गठित सिफारिस समितिले गत फागुन १२ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो ।

जसअनुसार सीईओ पदका लागि आवेदन दिने अन्तिम मिति फागुन १८ तोकिएको थियो । तर, उक्त अवधिमा ३ दिन सार्वजनिक बिदा परेकाले आवेदन दिने समयावधि लम्ब्याइएको हो ।

सीईओ पदका लागि आवेदन दिने व्यक्ति अर्थर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधी हासिल गरी पूँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात बर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र बर्षको कार्य अनुभव भएको हुनु पर्नेछ । यस्तै आवेदकको उमेर ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनु पर्नेछ ।

इच्छुक तथा योग्य नेपाली नागरिकले काठमाण्डौको सिंहदरबारमा रहेको अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनु पर्नेछ । आवेदन दिदा गोप्य खामवन्दी व्यावसायिक कार्ययोजना समेत पेस गर्नु पर्नेछ ।

प्रकाशित : १८ फाल्गुन २०८१, आईतवार १२:३८