सेयर बजारमा हरियाली, ११ अर्ब ३९ करोड माथिको सेयर कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सेयर बजारमा हरियाली, ११ अर्ब ३९ करोड माथिको सेयर कारोबार



काठमाडौं । नेपाल राष्ट्र बैंकले समीक्षा गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पछिको पहिलो दिनको कारोबारमा हरियाली छाएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ४९.१५ अंकले बढेर २८१५.०४ को विन्दुमा पुगेर रोकिएकाे छ।

आज सेन्सेटिभ इण्डेक्स ९.७५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५२ अंक बढेको छ। आज १८६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको सेयर मुल्य घटेको छ ।

आज तीन सय कम्पनीको दुइ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९६ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको हो । नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड ४२ लाख रुपैयाँ र एनआरएनको ४६ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज पनि यस कम्पनी लगाएन अप्पर हेवाखोला हाइड्रोपावर, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित : १५ फाल्गुन २०८१, बिहीबार १५:४२