मौद्रिक समीक्षाका यस्ता व्यवस्थाले बैंकहरुको नाफा बढाउने संकेत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मौद्रिक समीक्षाका यस्ता व्यवस्थाले बैंकहरुको नाफा बढाउने संकेत



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको नाफा बढाउने गरी मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले समीक्षामार्फत असल कर्जाको विद्यमान १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिने घोषणा गरेको छ ।

यो व्यवस्थाले बैंकहरुको ब्यालेन्ससिट सुधार्ने दिशामा केन्द्रीत रहेको देखिएको हो।

त्यस्तै, समीक्षामार्फत केन्द्रीय बैंकले वाणिज्य बैंकहरुको ब्यालेन्ससिटमा सकारात्मक प्रभाव पार्ने अर्काे व्यवस्था पनि गरेको छ । बैंकले नन्डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिने जनाएको छ।

प्रकाशित : 25 February, 2025 9:42 pm