बैंकिङ प्रणालीबाट फेरि २५ अर्ब तान्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकिङ प्रणालीबाट फेरि २५ अर्ब तान्दै राष्ट्र बैंक



काठमाडौं । राष्ट्र बैंकले मंगलबार फेरी २५ अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले यसको लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै अधिक तरलता व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको छ।

राष्ट्र बैंकका अनुसार यस प्रक्रिया अन्तर्गत २२ दिनको अवधिमा बोलकबोल हुने छ र इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्। यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ।

यसले वित्तीय क्षेत्रको तरलता सन्तुलित राख्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ। बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँसम्मको निष्काशन रकम माग गर्न सक्नेछन्। साँवा र ब्याज भुक्तानी मिति चैत ६ गते निर्धारण गरिएको छ ।

प्रकाशित : 25 February, 2025 1:48 pm