सानिमा रिलायन्स लाइफले सेयरधनीलाई ९.२४ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा रिलायन्स लाइफले सेयरधनीलाई ९.२४ प्रतिशत लाभांश दिने



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको फागुन १२ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत चुक्तापुँजीको कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित : 25 February, 2025 10:55 am