काठमाडौं । कुमारी बैंकले ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नागपोखरीस्थित कुमारी क्यापिटलमा दिन सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
Comment